लाइसेन्स बनाई दिने भन्दै रकम असुल गर्ने २ जना पक्राउ

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स ) बनाई दिने भन्दै रकम असुल गर्ने २ जना पक्राउ  परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय ठुलोभर्‍याङ, स्वयम्भूबाट २ जना पक्राउ गरीएको प्रवक्ता जिवनकुमार श्रेष्ठले बताए ।

ट्राफिक प्रहरीले बाजुरा जुगाडा गाउँपालिका–६ घर भई ठुलोभर्‍याङ बस्ने वर्ष २५ को मान बहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्ने वर्ष ३८ को गणेश गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुले लिखित परीक्षामा पास गराईदिने भनि २ हजार रुपैयाँ लिएका थिए । पक्राउ परेका उनीहरुलाई अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी बृत्त, स्वयम्भूमा बुझाईएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?