अतिक्रमण गरिएको जग्गामा पक्की घर, हटाउन खोज्दा राजनीतिक दवाव

गगन अयडीकैलाली, १० माघ–गोदावरी नगरपालिकास्थित अत्तरियामा रहेको क्षेत्रीय कृषि उपज बजार समितिको १२ कठ्ठा जमिन अतिक्रमण भएपछि बजार व्यवस्थापन गर्न समस्या भएको छ अतिक्रमण गरिएको जग्गामा पक्की घरहरु निर्माण गरेपछि बजार व्यवस्थापन गर्न समया भएको हो । अतिक्रमण हटाउनका लागि बजार समितिले पटक–पटक पहल गरेको भएपनि राजनीतिक दबाबका कारण जग्गा अतिक्रमण हटाउन नसकिएको बजार समितिको गुनासो छ यसअघि क्षेत्रीय कृषि बजार व्यवस्थापनका लागि ३ विघा १८ कठठ जमिन छुट्याइएको थियो । त्यसमध्येको १२ कठ्ठा जमिनमा अतिक्रमण गरि घर भवनहरु निर्माण गरिएपछि कृषि उपज बजार समिति बजार व्यवस्थापन गर्न समस्या भएको छ । सुदूरपश्चिमका नौं जिल्लामा उत्पादित कृषिजन्य सामाग्री बिक्रीवितरणका सञ्चालनमा ल्याएइको कृषि बजारलाई अहिले ठाउ“ अभावमा कृषिउपज व्यवस्थापनमा समस्या भइरहेको बजार समितिका अध्यक्ष नन्दलाल भट््टले बताए अहिले अतिक्रमित क्षेत्रमा घर भवनहरु निर्माण गरिएका छन् । बजार समितिको ठूलो जग्गा अतिक्रमणमा परेपछि अतिक्रमण हटाउन कृषि उपज बजार समितिलगायत स्थानीय बासिन्दाले यसअघि आन्दोलनसमेत गरेका थिए तर, पछि प्रशासनले नै उक्त जमिनमा मुस्लिम बस्तीलाई बस्न अनुमति दिएको थियो । सरकारले कृषि उपज बजारका लागि छुट्याएको जमिनमा राजनीतिक हस्तक्षेप भएपछि अतिक्रमण हटाउन नसकिएको अध्यक्ष भट्टको भनाई छ यस क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु सजिलै बजारसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले बजारको स्थापना गरेको भएपनि जग्गाको ठूलो क्षेत्र अतिक्रमणमा परेपछि तरकारी ओसारपसार गर्ने गाडी पार्किङ गर्न र मासुजन्य बस्तहरु बिक्री गर्न पनि समस्या भएको छ यसको साधानका लागि यस क्षेत्रका जनप्रतिनिधिहरुले पहल गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?