मन्त्री नेम्वाङद्वारा इकोपार्कको शिलान्यास

लोकपथ संवाददाता
0
Shares
ef}lts k”jf{wf/ tyf oftfoftdGqL–lznfGof; s~rgk’/, & df3 M s~rgk’/sf] eLdbQ gu/kflnsf–!* l:yt Osf] kfs{sf] lznfGof; ub}{ ef}lts k”jf{wf/ tyf oftfoftdGqL a;Gts’df/ g]Djfª . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा मंगलबार इकोपार्कको शिलान्यास गरेका छन् । नगरपालिकाको लगानीमा निर्माण हुने इकोपार्क निर्माणस्थलमा मन्त्री नेम्वाङले पूजापश्चात् शिलान्यास गरेका हुन् ।

मन्त्री नेम्वाङ, प्रतिनिधिसभाका सांसद डा दीपकप्रकाश भट्ट, नरबहादुर धामी, नगरप्रमुख सुरेन्द्र बिष्ट, उपप्रमुख सुुशिला सिंह लगायतको उपस्थिति थियो । इकोपार्क ३४ बिघा क्षेत्रफलमा निर्माण गरिने नगरपालिका–१८ का वडाध्यक्ष राजेन्द्र पाण्डेयले बताए।

पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपिने र नमूनाका रुपमा विकास गरिने बताइएको छ । इकोपार्क निर्माणका लागि विस्तृत अध्ययन गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?