प्रदेश नं ४ मा पर्यो १२ जनाको उम्मेदवारी

पोखरा, १० माघ – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ४ मा आज चार वटा राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् राष्ट्रियसभाका लागि एउटा प्रदेशबाट आठ जना निर्वाचित हुने व्यवस्थाअनुसार नेकपा (एमाले) नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबाट १२ जनाको उम्मेदवारी परेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो प्रदेश नं ४ का लागि राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट रामबहादुर थापा (अपांग) शान्ति अधिकारी जिसी (महिला), गणेश तिमल्सिना (खुला) र दीपा गुरुङ (महिला)ले उम्मेदवारी दिनुभएको छ नेपाली काँग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित) र प्रकाश पन्थ (अपांग)ले उम्मेदवारी दिनुभएको छ त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट दीनानाथ शर्मा (खुला) र खीमकुमार विक (दलित) उम्मेदवारी दिनुभएको छ भने राष्ट्रिय जनमोर्चाका तर्फबाट मीना पुन (महिला) र कृष्णप्रसाद शर्मा अधिकारी (खुला)ले उम्मेदवारी दिनुभयो प्रदेश नं ४ मा राष्ट्रियसभा सदस्यमा मतदान गर्नेको संख्या २३० जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?