कर्मचारी सरुवा विवादमा

काठमाडौं, ३१ भदौ- सामान्य प्रशासन मन्त्रालयले सुगम स्थानीय तहमा मात्रै छानी-छानी कर्मचारी पठाएको भन्दै स्थानीय विकास मन्त्रालयले असन्तुष्टि जनाएको छ। स्थानीय विकास मन्त्रालयले शुक्रबार सामान्य प्रशासनलाई पत्र लेख्दै आइन्दा गाउँपालिका र नवगठित नगरपालिकालाई केन्द्रित गरेर कर्मचारी सरुवा गर्न आग्रह गरेको छ। निश्चित मापदण्ड बनाएर मात्रै स्थानीय तहमा कर्मचारी पठाउन पनि उसले ध्यानाकृष्ट गराएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।सामान्यले बिहीबार मात्रै नायब सुब्बा ६ सय ३२ जना र खरिदार ३ सय ५५ गरी ९ सय ८७ कर्मचारीलाई स्थानीय तहमा पठाएको थियो। सामान्यले कर्मचारी पठाउँदा विभेदपूर्ण नीति अपनाएको, आधाभन्दा बढीलाई विभिन्न निकायमा तोकेरै पठाएको र केहीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत भनेर पठाएको हो। दोहोरो मापदण्ड अपनाएर कर्मचारी पठाएकाले उनीहरूलाई स्थानीय तहमा पदस्थापन गर्न कठिन भएको स्थानीय विकासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?