प्रदेश ५ का लागि ११ जनाको उम्मेदवारी

दाङ, १० माघ-राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ५ बाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् दाङको घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा (एमाले)बाट चार, नेपाली काँग्रेसबाट चार, नेकपा (माओवादी केन्द्र) बाट दुई र राष्ट्रिय जनमोर्चाबाट एक गरी ११ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए उहाँका अनुसार एमालेबाट खुल्लातर्फ रुपन्देहीका खिमलाल भट्टराई, महिलातर्फ दाङकी कोमल ओली र रोल्पाकी मीना बुढा तथा दलिततर्फ पश्चिम नवलपरासीका रामलखन चमारले उम्मेदवारी दर्ता गराएका छन् काँग्रेसबाट खुल्लातर्फ रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय, महिलामा दाङका अनिता देवकोटा, दलितमा बाँकेका मैकुलाल वाल्मीकी र अपाङ्गमा रुकुम पूर्वका लुटबहादुर खत्रीले मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रबाट खुल्लामा अर्घाखाँचीका चन्द्रबहादुर खड्का र अपाङ्गबाट रोल्पाका राजकुमार कुँवरले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीले खुल्लामा दाङबाट उम्मेदवारी दर्ता गराएकी छन् सो प्रदेशबाट खुल्लातर्फ तीन, महिलातर्फ तीन, दलित र अपाङ्गतर्फ एक÷एक गरी आठ जना राष्ट्रिय सभासदस्यमा निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?