काठमाडौं – ट्रक दुर्घटनामा परेका १५ जना घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक निलकण्ठ नगरपालिका -९ मैलीभञ्ज्याङमा सडकमै पल्टिँदा ६ जनाको मृत्यु भएको र दुर्घटनामा १९ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले लोकपथलाई बताए । चालक पनि गम्भीर घाइते छन्।
मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक (आइचर गाडी ) दुर्घटनामा परेको हो ।
एसपी रेग्मीका अनुसार केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको थियो । ट्रकमा ४५ जना यात्रु सवार थिए ।
यसअघि प्रकाशित समाचार
धादिङमा दर्शनार्थी बोकेको मिनिट्रक दुर्घटना, ६ जनाको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया