धादिङमा दर्शनार्थी बोकेको मिनिट्रक दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । धादिङमा दर्शनार्थी बोकेको मिनिट्रक दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।

२५ जना सवार मिनिट्रकमा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले लोकपथलाई बताए ।

धादिङको ज्वालामुखि गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेको  ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको रेग्मीले बताए ।

जिल्ला अस्पताल धादिङमा घाइतेहरूको उपचार भइरहेको रेग्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?