२५ रुपैयाँमै पेटभर खाना

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ् २५ रुपैयाँमै पेटभर खाना पाईन्छ् भनेर, तर यो वास्तविकनै हो । तपाई हामी जो कसैले होटलहरुमा खाना खादा २ सय तिरेर एक छाक खाने गर्दछौ । चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले अब हरेक हप्ताको मंगलबार विहान १० बजेदेखी साझ ५ बजे सम्म २५ रुपैयाँमै खाना खुवाउने व्यवस्था गरेको छ ।

मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले सस्तो मुल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सरहानिय रहेको बताए । प्रदेश सभा सदस्य के.सी.ले रु. २५ तिरेर खाना खादै, खाना निकै स्वादिष्ट भएको बताए । थौरै आम्दानी भएकाहरुका लागी यो निकै राम्रो भएको जनाए । देशका अन्य शहरहरुमा पनि यस्तो व्यवस्था रहेको जनाउदै, चन्द्रौटामा पनि यो कार्यको शुभारम्भ भएकोमा आयोजक संस्थालाई धन्यवाद दिदै यस कार्यको निरन्तरताको लागी शुभकामना व्यक्त गरे ।

रु २५ मै खाना पाउदा पूर्व पश्चिम आवात जावत गर्ने यात्रुहरुका लागी पनि यो सुविधाले फाइदा पुराउने वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए । “खाना निकै मिठो छ, रु.२५ कै खाना पनि ठूला होटलहरुमा पाइने खाना जस्तै स्वादिष्ट छ ” पाण्डेले भने ।

“अहिले हामीले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेका छौं, यो सफल हुदै गयो भने यसलाई दैनिक रुपमा लैजाने लक्ष्य रहेको छ ।” संस्थाका सल्लाहाकार विजय जयसवालले भने । अहिले संस्थामा आवद्ध स्थानिय युवाहरुको सक्रियता र सहयोगमा साप्ताहिक रुपमा सस्तो मुल्यमा खानाको व्यवस्था गरिएको र यसलाई सफल बनाउन अन्यत्रबाट पनि सहयोग आएमा दैनिक बनाउने उनले बताए ।

प्रत्येक हप्ताको मंगलबार चन्द्रौटामा रहेको गंगा कम्प्लेक्स अगाडी विहान १० बजे देखि साझ ५ बजे सम्म रु. २५ मा खाना खाने व्यवस्था हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?