विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ्ग’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ को नयाँ गीत सार्वजनिक भएको छ ।

‘जिन्दगीको के छ र भर’ बोलको गीत आज सार्वजनिक भएको हो। गीतमा सुभाष भुषालले संगीत भरेका छन् भने सुरज गैरेको शब्द तथा केतन क्षेत्रीको स्वर रहेको छ ।

माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेल्फी किङ्ग’ को कथा निर्देशक विशाल सापकोटाले तयार पारेका हुुन् ।

निर्देशक समेत रहेका दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । चलचित्रमा विपिन कार्की, लक्ष्मी वर्देवा र केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?