दुलहाका बुबाले दुलहीकी आमा भगाएपछि…

काठमाडौं ।विवाहका लागि दुलही मेहन्दी लगाउँने तयारी गरिरहेकी थिइन् । दुलहा दुलही एक आपसमा सात फेरा लिने सपना देखिरहेका थिए । घर परिवार पनि छोरीको विवाहका लागि तयार थिए ।

त्यसैबेला दुलहीकी आमा दुलहाका पितासँग भागेको खबर आयो । यो अचम्मको खबर भारतको गुजरात स्थित सुरत जिल्लाको हो ।

उनीहरु एक आपसमा युवा अवस्था देखि नै प्रेम गर्दथे । तर कारणवश उनीहरुको विवाह हुन सकेन । तर उनीहरु एक आपसमा आफ्नो अधुरो प्रेम पुरा गर्न चाहान्थे ।

उनीहरुको भेट आफ्ना छोराछारीको विवाह गर्ने बेला भयो र ४८ वर्षका दुलहाका पिताले ४६वर्षकी दुलहीका आमालाई भगाए । उनीहरु भागेपछि परिवारले हुनेवाला विवाहका दुलहा दुलहीको विवाह रोकिदिए ।

दुलहा दुलहीको इन्गेजमेन्ट १ वर्ष अगाडि भएको थियो । दुलहीका परिवारले यो घटना प्रहरी स्टेशनमा उजुरी दर्ता गरायो । प्रहरीको अनुसन्धानमा उनीहरुे भागेर विवाह गरेको पत्ता लागेको हो ।

उनीहरु छोरा-छोरीको विवाह आउनुभन्दा २० दिन अगाडिबाट हराएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?