महोत्तरीमा अवैध गाँजा खेती नष्ट

बर्दिबास–महोत्तरी प्रहरीले बुधबार गाँजा खेती नष्ट गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा जलेश्वर नगरपालिका ७ अंकार र एकडारा गाँउपालिका ३ अजमरपट्टीमा अबैध गाँजा खेती नष्ट गरेको हो जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्देश्वर यादवको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नाम नखुलेको व्यक्तिको करिब १६ कठ्ठा जग्गामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेका महोत्तरी प्रहरीले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?