२०७८,जेष्ठ,१,शनिवार

ढुङ्गाको नदी बन्यो वैज्ञानिकका लागि चुनौति


काठमाडौं । नदीमा सबैले पानीको साथै ढुङ्गा पनि देखेका छौँ । तर के तपाईले कहिल्यै ढुङ्गाको नदी देख्नुभएको छ ? यदि छैन भने हामी त्यसको बारेमा जानकारी दिन्छौँ ।

यो नदीमा कहिल्यै पनि पानीको एक थोपा समेत हुँदैन । यो नदी रुसमा रहेको छ । वैज्ञानिकहरुका लागि यो नदी टाउको दुखाईको विषय बनेको छ ।

रुसमा रहेको यो नदीको नाम हो ‘स्टोन रिभर’ । नदीमा लगभग ६ किलोमिटरसम्म ढुङ्गा नै ढुङ्गा रहेका छन् । यो नदी २० मिटरदेखि ७ सय मिटरसम्म फराक रहेको छ ।

यहाँका ढुङ्गा १० टन तौल सम्मका छन् । साथै यी ढुङ्गा ६ इन्च सम्म जमिनमा भासिएका छन् । यो नदीमा यति धेरै ढुङ्गा कहाँबाट आए र नदीको रुप कसरी लियो भन्ने बारे वैज्ञानिक नै हैरान भएका छन् ।

यो कुराको जवाफ अहिलेसम्म वैज्ञानिकहरुले थाहा पाउँन सकेका छैनन् । केहि वैज्ञानिकहरुका अनुसार आजभन्दा १० हजार वर्ष पहिला अग्लो ठाउँबाट ग्लेशियर फुटेका कारण यो नदी बनेको बताउँछन् ।

यो नदीको निर्माण त्यसरी भएको केहि वैज्ञानिकहरुको तर्क रहेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,११,शनिवार ०३:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२