ज्योतिषशास्त्र अनुसार यसरी हुन्छ प्रेम विवाह !

काठमाडौं । जीवनमा सच्चा तथा समर्पित प्रेमको ईच्छा हर कसैलाई हुन्छ । प्रेम प्रकृतिको सुन्दर कल्पना हो । प्रेमबाट नै आत्मयि सुख प्राप्त हुन्छ । वेदिक ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई प्रेमको कारक ग्रह मानिन्छ र प्रेम भनेको धेरै माया, रमाइलोपन, एकअर्को मा डुब्नु वा हराउनु ,एक अर्कालाई बुझ्नु हो । यसमा शारीरिक तथा मानसिक दुवै सामिप्यता हुने गर्दछ ।

जन्म कुण्डलीमा पंचम भावलाई प्रेमको घरको रुपमा लिने गरिन्छ । यदि शुक्र पंचम भावको छ भने प्रेम विवाह नै हुन्छ । तर सफल प्रेम विवाह हुन कुण्डलीमा पंचम बाहेक सप्तम ,नवम्, लग्न, तृतीय, चतुर्थ भाव, एकादश भावमा शुक्र भए पनि हुन्छ । यसमा पनि महत्वपुर्ण कुरा हो भने मंगल ग्रह जसले व्यक्तिको इच्छा शक्तिलाई जनाउँछ । मंगलको दृष्टि शुक्र ग्रहमा पर्न गयो भने पनि प्रेम विवाह योग हुन्छ ।

कुण्डलीमा १२ भाव हुन्छन् । जसमध्ये पञ्चम भावबाट प्रेम तथा सप्तम भावबाट विवाह हेरिन्छ । चिना तथा कुण्डलीमा पञ्चमेष तथा सप्तमेषको आपसमा राशि परिवर्तन, यूक्ति तथा दृष्टि सम्बन्ध छ भने प्रेम विवाहको सम्भावना अधिक हुन्छ । यसै प्रकार पञ्चमेष सप्तम भावमा तथा सप्तमेष पञ्चम भावमा राशि परिवर्तन गरी बसेको भए पनि प्रेम विवाह हुन्छ । यदि पञ्चमेषको नक्षेत्र तथा सप्तमेषको नक्षत्र राशि परिवर्तन गरिरहेको छ भने पनि प्रेम विवाह हुन्छ ।

काल पुरुषको कुण्डलीमा मंगल यानिकी मेष लगनको कुण्डलीमा मंगल पुरुष ग्रह हो । त्यस्तै सप्तमेष तुला शुक्र स्त्री ग्रह हो । कुण्डलीमा मंगल तथा शुक्रको आपसमा सम्बन्ध बन्छ भने प्रेम विवाह हुन्छ । किनकी मंगल तथा शुक्रको सम्बन्धबाट कामुकतामा वृद्धि हुन्छ तथा व्यक्ति कामुक हुन्छ । मंगल पुरुष शक्तिको प्रतिक हो भने शुक्र प्रेम को प्रतिक हो । यी दुईको एक आपसमा सम्बन्ध, दृष्टि सम्बन्ध तथा राशि परिवर्तन भयो भने प्रेम विवाह हुन्छ । यदि कुण्डलीमा शुक्र स्वराशि तथा उच्चराशिमा भए पनि प्रेम विवाहको सम्भावना अधिक हुन्छ ।

ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?