यी अभिनेत्रीले जन्माइन् पानी भित्रै छोरी

ब्राजिलियन मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले केही दिन अगाडि मात्र छोरीलाई जन्म दिएकी छन् । उनले आमा बनेपछि छोरीलाई जन्म दिँदाको अनुभव सामाजिक सन्जालमा शेयर पनि गरेकी छन् ।

सामाजिक सञ्जालमा शेयर गरेको पोस्टमा उनले बताए अनुसार छोरीलाई पानीभित्र जन्माएकी हुन् । ब्रुनाले पतिसँगको एउटा फोटो पनि शेयर गरेर लेखेकी छिन्, ‘मैले गर्भवती हुनुभन्दा पहिले नै यो सोचेकी थिएँ कि आफ्नो बच्चालाई पानीभित्र जन्माउन सकूँ । म चाहन्थेँ मेरो बच्चा यो दुनियाँमा कुनै औषधीको सहयोगले होइन, प्राकृतिक रुपमा आउन सकोस् । म एउटा शान्त ठाउँ खोजिरहेकी थिएँ ।’

उनले थपिन्, ‘म पानीभित्र बच्चालाई जन्माउँदा मलाई माया गर्नेमात्र त्यहाँ हुन् भन्ने पनि चाहन्थेँ । मलाई आज भाग्यमानी महशुस भएको छ कि मलाई यो सबै कुरा मिलेको छ ।’

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको फोटोमा लेखेकी छिन्, ‘मैले मेरो बच्चालाई तातो पानीभित्र पति, आमा तथा डाक्टरको सहयोगले जन्माएँ । मैले जे चाहेकी थिएँ, त्यही भयो ।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?