आठ भारतीयको मृत्यु अपडेट : शव पोस्टमार्टमका लागि टिचिङ पु-याइयो

काठमाडौं । मकवानपुर दामन स्थित पानोरा होटलमा बेहोस भएर मृत्यु भएका ८ जनाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महराजगञ्ज पु-याइको छ ।

होटलमा वेहोस भएपछि उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचारमा ल्याइएको थियो । उनीहरुको अस्पताल ल्याइपुर्याउदा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

मृत्युको कारण नखुलेको ह्याम्स अस्पतालले जनाएको छ । मृत्यु हुनेहरुमा भारतका केरलाका दुई परिवार छन् । दुई पुरुष, दुई महिला र २ बालक, २ बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक प्रविन कृष्ण नाहिर (३९ वर्ष) उनकी श्रीमती सार्नया (३४ वर्ष) छोरी श्रीभारदह (४ वर्ष) अर्की छोरी अर्चा ६ वर्ष र छोरा अभिनव ५ वर्ष को मृत्यु भएको हो ।

त्यस्तै ३९ वर्षिय रन्जित कुमार, उनकी श्रीमती ३४ वर्षिय इन्दु रन्जित र २ वर्षिय छोरा वैस्णवको मृत्यु् भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।

होटेलको एउटा रुममा ग्यास हिटर बालेर सुतेका उनीहरु साढे ८ बजे बेहोस अवस्थामा भेटिएका थिए । सोहि ग्यास हिटरका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?