दूध भन्दा बियर पिउनु धेरै फाइदा

काठमाडौं । मदिरा पिउनु स्वास्थ्यको लागि खराब मानिन्छ । मदिरा सेवनले गर्दा मानिसहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गरेको खबर हामीले सुनेका र पढोका नै छौँ ।

त्यसैले बच्चा बेलादेखि नै आफ्ना नानीबाबुहरुलाई दूध पिउने बानी बसालिन्छ । मदिरा सेवन गर्नुहुँदैन भनेर सिकाइन्छ ।

शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक पनि हुन्छ ।

तर, ‘पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल’ (पेटा) ले दूध पिउनुभन्दा बियर पिउँदा फाइदा हुने बताएको छ । पेटाका अनुसार बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्ने गरेको बताएको हो ।

त्यति मात्रै होइन, पेटाले दूधका विभिन्न बेफाइदाका बारेमा समेत उल्लेख गर्दै मोटोपन, मधुमेह र क्यान्सर जस्ता रोगको कारण पनि दूध नै भएको दाबी समेत गरेको छ ।

पेटाले ‘हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ’को रिपोर्टको आधारमा दाबी गरेको हो ।

बियरलाई अल्कोहल वेभरेज मान्ने गरिन्छ । यसमा प्रयोग हुने पौष्टिक तत्वहरु गहुँ, मकै र धानले स्वास्थ्यलाई फाइदा पुर्याउने पेटाले उल्लेख गरेको छ ।

त्यसैगरी, बियरमा हुने ९० प्रतिशत पानी बाहेक फाइबर, क्याल्सियम र आइरनसमेतले शरीरलाई फाइदा पुर्याउँने गरेको उल्लेख गरिएको हो ।

बियरले शरीरका हड्डी बलियो बनाउँने काम गर्नुका साथै मांसापेशी विकासको लागि पनि फाइदाजनक मानिन्छ ।

त्यसैले, पेटाले बियर दूधभन्दा फाइदाजनक हुने बताएको हो । तर मदिराको मात्रा धेरै हुने हुँदा बियरको धेरै सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?