सभामुख पदमा सापकोटाको मात्र उमेदवारी

काठमाडौं । रित्त सभामुख पदका लागि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र उमेदवारी परेको छ ।

आज उमेदवारी दर्ता गर्ने समयावधिमा सापकोटा बाहेक अरुले उमेदवारी नदिएको संघीय संसदको सचिवालयले जनाएको छ ।

यस अघिनै नेपाली कांग्रेसले सभामुखमा उमेदवारी नदिने निर्णय गरेको थियो ।

सापकोटाले आज बिहान संघीय संसद भवन नयाँ बानेश्वर पुगेर सभामुखमा उम्म्द्वारी दर्ता गराएका छन् ।

सापकोटाको संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावकमा नेकपा छन् ।

सांसदहरु देव गुरुङ, ओनसरी घर्ती मगर र राजपाका लक्ष्मणलाल कर्ण समर्थक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?