नाडाल दोस्रो चरणमा प्रवेश

काठमाडौं । विश्वको नम्बर एक स्पेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्नमा मंगलबार भएको खेलमा बोलिभियाका हुगो डेलीनलाई हराएर नाडाल दोस्रो चरणमा पुगेका हुन् । नाडालले ७२ औं वरियताका हुगोलाई ६-२, ६-३ र ६-० ले हराए ।

अब नाडालले तेस्रो चरणमा फेड्रिको डेल्बोनिस र जोआ सौसाबीचको विजेतासँग खेल्नेछ । गत वर्ष नाडाल फाइनलमा रोजर फेडेररसँग पराजित भएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?