मोरङमा १२ वर्षीय बालिका बलात्कृत, ४५ वर्षीय कार्की पक्राउ

काठमाडौं । मोरङमा १२ वर्षीय बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–९ बस्ने ४५ वर्षीय भद्र बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बालिका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङ र अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?