निक भुजिसिकका १५ प्रेरणादायी भनाईहरु

काठमाडौं । ४ डिसेम्बर सन् १९८२ मा पिता बोरिस्लाभ र आमा दुसङ्काबाट जन्मेका निकको पूरा नाम निकोलस जेम्स भुजिसिक हो ।

क्षेत्रफलका अनुसार संसारकै छैटौँ ठुलो देश अस्ट्रेलियामा उनको जन्म भएको थियो । उनी हात र खुट्टाबिना नै जन्मेका थिए जसलाई मेडिकल भाषामा ‘टेट्रामेलिया सिन्ड्रोम’ भनिन्छ ।

उनी किन त्यसरी जन्मे भन्नाका लागि वास्तवमा कुनै चिकित्सकीय कारण छैन । जन्मपश्‍चात् नर्सले उनलाई आमाको सामु ल्याउँदा आमाले उनलाई हेर्नसमेत इन्कार गरेकी थिइन् ।

अन्ततः निककी आमा र बुबाले आफ्नो छोरोको अवस्थालाई स्वीकार गरे र त्यसलाई “तिनीहरूको जीवनमा परमेश्‍वरको योजना” को रूपमा ग्रहण गरे ।

१. यदि तपाई चमत्कार प्राप्त गर्न सक्नुहुन्न भने एक बन्नुहोस् ।

२. कसैले पनि यो सोच्नु गलत हो कि, म राम्रो छैन र म कुनै कुराको लायक छैन ।

३. हाम्रो जीवनका चुनौतीहरू हाम्रो विश्वासलाई बलियो पार्नका लागि छन् ।

४. यदि तपाई अगाडि बढिरहनु भयो भने केही घाउहरू चाँडै निको हुन्छन् ।

५. जोखिम जीवनको भाग मात्र होइन, जीवन हो ।

६. डर जीवनको सबैभन्दा ठूलो अशक्तता हो ।

७. स्वर्ग जानुभन्दा पनि राम्रो कुरा अर्को एक व्यक्तिलाई आफूसँग जान प्रोत्साहित गर्नु हो ।

८. तपाईसँग अगाडि के हुन्छ त्यसको संकेत नहुन सक्छ, तर जीवनले तपाईमाथि काम गर्न दिनुभन्दा जीवनमा कार्य गर्नु उत्तम हो ।

९. समायोजनहरू बाटोमा आवश्यक हुन्छ, किनकि जीवन सधैँ रमाइलो हुँदैन तर यो बाँच्न लायक छ ।

१०. तपाईको अभाव अनुसार तपाई बाँच्नु हुँदैन ।

११. जीवनमा दुई किसिमका जोखिमहरू छन्, प्रयास गर्ने खतरा र प्रयास नगर्नुको खतरा ।

१२. जबसम्म तपाई सजग हुनुहुन्छ र आफ्ना भावनाहरूको नियन्त्रणमा हुनुहुन्छ, नकारात्मक विचारहरूले सकारात्मक परिणामहरू निम्त्याउन सक्छ ।

१३. आशा गुमाउनुभन्दा अघि म कहिल्यै अपांग भइनँ ।

१४. चरित्र सहज र शान्त रूपमा विकसित गर्न सकिँदैन । केवल परीक्षण र कष्टको अनुभवद्वारा आत्मालाई सुदृढ पार्न, महत्वाकांक्षा प्रेरणा दिन र सफलता प्राप्त गर्न सकिन्छ ।

१५. हातको रेखालाई विश्वास नगर, किनभने हात नहुनेहरुको पनि भाग्य हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?