तपाईको आजको दिन कस्तो रहनेछ ? राशिफल हेनुहोस्

काठमाडौं । आज मिति २०७६ साल माघ महिनाको ८ गते बुधबार । तदनुसार इस्वी संवत २०२० जनवरी २२ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । नेपाल संवत ११४० पोहेलागा । माघ कृष्णपक्ष । तिथी– त्रयोदशी,२६ बजेर ०६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– मूल, २५ बजेर १ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्याघात,२८ बजेर ३६ मिनेट उप्रान्त हर्षण । करण– गर,१४ बजेर २० मिनेट उप्रान्त वणिज,२६ बजेर ६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा ध्वज योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेटमा, सूर्यास्त १७ बजेर ३४ मिनेटमा । दिनमान २६ घडी ३३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अरुकै लहेलहैमा लाग्नाले पढाइ लेखाइ बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलव्धि पनि गुम्न सक्छ । व्यापारमा लगानी गरे पनि न्यून नाफामा चित्त बुझाउनु पर्नेछ । घरपरिवार तथा अग्रज हरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः खानपान तथा मौषमको ध्यान दिनहोला, समय मध्यम रहेको छ । आफन्त तथा दिदीबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउँने हुनाले ईज्जत प्रतिष्ठा जोगाउँन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः व्यापार लगानी गरी मनग्ये धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट मनग्ये धन आर्जन हुनेछ । व्यापारकै सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा विलासी सामान उपाहारको रुपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरी कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्निको सहयोगले उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । ऋण, रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः समय र कामको तालमेल नमिल्दा योजनाहरु थाति रहनेछ । बौद्धिक क्रियाकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनुपर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानिको वातावरण टरेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः आफन्तहरु टाढिनेछन् भने आमासँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । अन्य व्यावसाय मध्यम रहेपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धि काम गर्दा ध्यान दिनुहोला । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम नहुन सक्छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरी कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला, समय मध्यम रहेको छ । कुटुम्ब तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दि आउनेछ । प्रेममा अविश्वास सिर्जना हुनेछ । गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमि कमजोरीहरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोगमार्फत् अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिुर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । तपाईको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दूरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः व्यापार व्यवसायबाट मनग्ये आम्दानी हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । विभिन्न अवसरले पछ्याउँने तथा रोजगारी पाउँने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउँने योग रहेको छ । अध्यनमा प्रगति हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । पैत्रिक स्रोत साधनको प्रयोगमार्फत् आम्दानी बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?