भित्ताका अक्षरहरु

-भरत आचार्यभित्ताका अक्षरहरुकोहि यति कोमल हुन्छ्न्गुलाफका फूलहरु जस्तैहेरि रहूँ नजिकै बाट स्पर्श गरुँ झैंअझ चुमी रहुँन आँखा अघाउँछ्न्न मन अघाउँछभित्ताका अक्षरहरुले मोहनी लगाउँछ्न् कोहि भित्ताका अक्षरहरुपुतली जस्तै हुन्छ्न्रङ्गी बिरङ्गीकहाँ बाट आउँछ्न्कता बिलाउँछ्न्रङ्गिन सपना बोकेर आएका पुतलीहरु तरफूलका पात हरुमाडाँठहरुमाआफ्ना निशानीहरु छोडेर जान्छ्न्अनगिन्ती फुलहरुफुलहरु क्रमशः लार्भामा परिणत हुन्छ्न्लार्भाहरु कलिला मुना खाएरझुसिल्किरामा परिणत हुन्छ्न्जब बयस्क झुसिल्किराहरुको बिग्बिगी बढ्छफूल र मालीहरुलाई डस्न थाल्छ्न्झुसिल्किराहरुले कोहि अक्षर आगो जस्तै हुन्छ्न्हो धप्धपी बलेको आगो जस्तैआफै बल्दै जान्छ्न्आफै सकिदै जान्छ्न्धूवाँ धुलो उडाउँछ्न्अन्तमा खरानी रहन्छआगोको गुण नै खरानी बनाउनु होफगत खरानी बन्छ्न् बनाउँछ्न्आगो ओकल्ने अक्षरहरुले हो थरीथरीका भित्ताका अक्षरहरुलेभरिएका छन् भित्ताहरु (फूलवारी, पोखरा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?