सरकारको सहुलियत अनुदानमा कृषि विकास बैंकको सहयोग

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको सहुलियत कृषि अनुदान कर्जालाई कृषि विकास बैंकले प्राथमिकताका साथ सहयोग गरिरहेको छ । त्यसको लागि बैंकले विगत १ वर्षदेखि कर्जा सेवा उपलब्ध गराइरहेको छ । जसबाट २ हजार ५ सयभन्दा बढि लाभग्राहीका लागि करिब ५ अर्ब ५८ करोड लगानी गरिएको बैंकले जनाएको छ ।

बैंकले साना तथा मझौला व्यवसायलाई केन्द्रमा राखेर प्राथमिकताका साथ कर्जा सेवा उपलब्ध गराउँदै आएको छ । भने बैंकले कुल कर्जाको करिब ८४ प्रतिशत रकम कृषि अनुदान कार्यमा जारी गर्ने गरेको छ । त्यसका लागि नेपालीहरुले ५२ हजारभन्दा बढि खाता खोल्न सफल भएको बैंकले जनाएको छ । त्यस्तै खातावालाहरुले त्यस मार्फत करिब ३४ करोड ५३ हजार निक्षेप संकलन गराएका छन् । हालसम्म बैंकमा कुल १२ लाख ६ हजार निक्षेप खाता खोलिएका छन् ।

जसमध्ये कुल १ खर्ब २७ अर्ब निक्षेप रहेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा भने ४ अर्ब २३ करोड रहेको छ । बैंकको कुल कर्जा लगानी १ खर्ब २७ अर्ब निक्षेप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?