यो ‘ब्रा’ले स्तन क्यानसर भए-नभएको पत्ता लगाउँछ

काठमाडौं । ‘इवा ब्रा’ नामको ब्राले स्तन क्यान्सर भए-नभएको पत्ता लगाउँन सकिन्छ ।

मेक्सिकोका १८ वर्षीय जुलियन रिओस चान्टुले यो ब्रा निर्माण गरेका हुन् । उनका अनुसार यो ब्राले स्तन क्यान्सरको लक्षणबारे सूचना दिन्छ ।

यसको पुरै परीक्षण हुन बाँकी रहेको छ। तर मेडिकल साइन्सले भने यसको पुष्टि गरिसकेको छैन ।

क्यान्सरयुक्त ट्युमरमा रक्त प्रवाह बढ्ने कारण छालाको तापमान बढ्छ । इवा ब्राको बायो सेन्सरले तापमान मापन गर्छ र यो ब्रालाई यो एउटा एपमा जोडिएको हुन्छ ।

यसमा जे परिवर्तन आउँछ, त्यसबारे अग्रिम जानकारी इवा ब्रा लगाएको महिलालाई मिल्नेछ । एक सातामा यो ब्रालाई कम्तीमा ६० देखि ९० मिनेटसम्म लगाउनुपर्नेछ, त्यसपछि मात्र यसले सही अलर्ट गर्नेछ ।

जुलियनका अनुसार ब्राको भित्री भागमा राखिएको सेन्सरले हरेक क्षण स्तनको समान स्थितिबारे मापन गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?