हिन्दु धर्मलाई किन वैज्ञानिक धर्म भनिन्छ ?

काठमाडौं । विश्वमा बिभिन्न धर्मावलम्बीका मानिसहरु छन् । तर सबैभन्दा प्राचीन धर्मका रुपमा वैदिक सत्य सनातन धर्मलाई लिने गरिन्छ । जसलाई हिन्दु धर्म पनि भनिन्छ ।

हिन्दु धर्ममा केहि यस्ता मान्यताहरु छन् जुन मान्यता विज्ञानसँग जोडिएका छन् । त्यस्कै कारण हिन्दु धर्मलाई वैज्ञानिक धर्म भन्ने गरिन्छ ।

१. हवन

हिन्दु धर्ममा पूजा-पाठ गरेपछि हवन गर्ने गरिन्छ । हवनमा घिउ,कर्पुर, आँपको समिधा, तथा बिभिन्न धुपहरुको प्रयोग गर्ने गरिन्छ ।

वैज्ञानिकका अनुसार हवनले वातावरणलाई शुद्ध बनाउँछ । साथै हवन गर्दा हावामा फैलिएका किटाँणुहरु नष्ट भएर जान्छन् ।

२. तुलसी पूजा

तुलसीको मठ अधिकांश हिन्दुधर्मावलम्वीहरुको घरमा हुने गर्छ । मठमा विहान-विहान पानी चढाउँने गरिन्छ । तुलसीबाट आयुर्वेदिक औषधी बनाउँने गरिन्छ ।

तुलसीको पत्ताबाट सानातिना रोगहरु ठीक हुन्छन् । तुलसीका विरुवाहरुले वातावरणलाई शुद्ध बनाउँने वैज्ञानिकहरुको

दाबी छ ।

३. सूर्य नमस्कार

हिन्दु धर्मका अनुसार विहान उठेर स्नान गरेपछि सूर्यलाई जल चढाएर पूजा गर्दा रोगहरु नाश हुने विश्वास गरिन्छ । किनभने वैज्ञानिकहरुले विहानको सूर्यको किरण स्वास्थ्यको लागि लाभदायक हुने गरेको बताएका छन् ।

४. उपवास

हिन्दु धर्मका अनुसार व्रत (उपवास) बस्नु पहिलेदेखिकै परम्परा हो । वैज्ञानिकहरुले व्रत बस्दा पाचन प्रक्रिया सन्तुलित हुने कुराको ठोकुवा गरेका छन् ।

५.घन्टी तथा शंखको ध्वनी

हिन्दु धर्मावलम्वीहरु पूजा गर्दा शंख तथा घन्टी बजाउँने गर्छन् । तर यसको महत्व  ठूलो रहेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार मन्दिर तथा पूजा कोठामा शंख-घन्ट बजाउँदा वातावरण पवित्र हुनुका साथै किटाणुहरु टाढा जान्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?