डुबेर एकैघरका दुई बालकको मृत्यु

तुलसीपुर, दाङ, १० माघ – पौडी खेल्ने क्रममा आज अपरान्ह तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुईजनाको मृत्यु भएको छ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् । उनीहरू आजमात्रै सल्यानबाट दाङ आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?