भृकुटीमण्डपमा जुत्ता मेला शुरु, ७५ प्रतिशतसम्म छुट !

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्तामेला शुरु भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा मेगा विन्टर सुज मेला शुरु भएको हो । उक्त मेलामा नेपालका चर्चित १ हाजर भन्दा बढि मोडलका उपलब्ध रहेको आयोजकले जनाएको छ ।

यससँगै मेलामा बिबाह, पार्टी , स्पोर्टस, क्याजुअल, स्कुल तथा कलेज साथै कार्यालयका लागि समेत उपयुक्त हुने जुत्ता चप्पलहरु एकै छानोमुनी पाइने भएको छ ।

भने ग्राहकहरुले जुत्ताचप्पलमा समेत ६ महिनासम्मको वारेन्टी पाउने भएका छन् । साथै मेलामा ग्राहकले खोजे अनुसार तथा विभिन्न डिजाइनका ५ सयदेखि १० रुपैयाँसम्मका जुत्ताचप्पलहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ । भने आयोजकका अनुसार मेलामा बिक्रि वितरण गरिने जुत्ताचप्पलमा २५ देखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको छ ।

उक्त मेला माघ ५ गतेबाट शुरु भई माघ १६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?