ज्ञानेन्द्रको अर्धशतक : मलेसियालाई २ सय ९१ रनको लक्ष्य

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा क्यान-११ ले मलेसिया-११ लाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यान-११ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो । क्यानको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका उनले ५५ रन बनाए ।

यस्तै रोहित कुमार पौडेलले समेत ५४ रनको पाली खेल्दै रिटायर्ड गर्दा सुबास खकुरेलले ४८ रनमा आउट भए । लोकेश बमले ३२, बिनोद भण्डारीले २१ र सुनिल धमलाले २३ रन बनाए ।

सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो । विश्व क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि अहिले नेपाली टिमले पोखरामा अभ्यास गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?