यी चार गुण भएका महिलाले आफ्ना पतिलाई भाग्यशाली बनाउँछन्

काठमाडौं । हिन्दू धर्ममा पत्नीलाई अर्धाङ्गिनीको रुपमा लिने गरिन्छ । शास्त्रका अनुसार यदि पत्नीमा केहि असल गुणहरु भए भने परिवारका लागि राम्रो हुने विश्वास रहेको छ ।

गरुड पुराणमा पनि पत्नीका केहि गुणहरुको बारेमा चर्चा गरिएको छ । गरुड पुराणले भने अनुसारका गुण यदि पत्नीमा भयो भने उसलाई एकदमै भाग्यशालीका रुपमा हेर्ने गरिन्छ ।

१. गृह कार्यमा निपूर्ण

गरुड पुराणका अनुसार महिलाहरु सबै कार्यमा निपूर्ण रहनुपर्छ । यदि महिलाहरुलाई घर बाहिरका सबै काम आउँछ भने घर भित्रका कामहरु पनि जान्नै पर्ने कुरा पुराणमा लेखिएको छ ।

भनिन्छ जुन महिलामा असल गुणहरु हुन्छन्, ति महिला परिवारका लागि प्रिय बन्छिन् ।

२. संयमित भाषा

गरुड पुराणका अनुसार संयमित भाषाले नै परिवारमा मिठास ल्याउँछ । घरमा महिलाले मिठो व्यवहार देखाएमा घरको आधा समस्या र दुःख आफै हट्ने कुरा गरुड पुराणमा छ ।

साथै महिलाले मिठो बोल्दा परिवारहरु एकजुट हुनका साथै घरका आधा दुःखहरु त्यत्तिकै हराउँछ । साथै संयमित भाषा प्रयोग गर्दा महिलारु घरका सदस्यहरुको पनि प्यारो बन्न सक्छन् ।

३. पतिव्रता

महिला पतिव्रताको नियममा बस्नु अहिलेका पुस्ताका लागि कठिन जस्तै भईसकेको छ । किनभने स्कुल देखि कलेज पढ्दा नै उनीहरु प्रेममा परेका हुन्छन् ।

साथै समाजका महिलाहरु पर-पुरुष र पुरुषहरु अर्कैको पत्नीको मायाजालमा पर्ने गर्छन् । त्यसैले जो महिला पर-पुरुषसँग कुनै पनि सम्बन्ध नबनाई आफ्नो पतिलाई साथ र सहयोग गर्छ त्यसैलाई पतिव्रता भन्ने गरिन्छ ।

यदि जो कोहि महिलाहरुले पनि पतिव्रताको ध्यान राखेर परिवारमा रहन सक्यो भने परिवार सधैँ खुसी रहने कुरा गरुड पुराणमा उल्लेख छ ।

४. धर्मको पालन

धर्मको पालन गर्नु प्रत्येक व्यक्तिका लागि आवश्यक छ । हामीलाई थाहा नै छ हिन्दु समाजमा महिलाहरुलाई लक्ष्मीको रुपमा हेर्ने गरिन्छ ।

साथै घरकी लक्ष्मीले धर्मको बाटोमा हिँडेर घरलाई नै मन्दिर बनाइदिन सक्छिन् । त्यसैले धर्मको पालना गरेर जुन महिला आफ्नो परिवारमा रहन सक्छिन् उनको घरमा कहिल्यै पनि धन धान्यको कमी नहुने कुरा गरुड पुराणमा उल्लेख गरिएको छ । एजेन्सकिो सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?