सभामुखमा अग्नि सापकोटाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सापकोटाले मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?