अन्तरिक्षमा पठाइएको यानमा खराबी आए ‘क्रु ड्रागन’ले गर्छ सहयोग

काठमाडौं । अन्तरिक्षमा पठाउँने नासाका अन्तरिक्ष यात्रीहरुलाई रकेटमा केहि समस्या आएमा अब सजिलैसँग जमिनमा ल्याउन सकिने भएको छ ।

यसको लागि एक सफल परिक्षण समेत गरिएको छ । अमेरिकामा फ्लोरिडाको जान एफ क्यानेडी अन्तरिक्ष केन्द्रबाट रकेट ‘फाल्कन ९’ का अनुसार अबार्ट परिक्षण गरिएको हो ।

यात्रीहरु बस्ने क्रु ड्रागन कयाप्सुलले परिक्षणका लागि बिगारिएको रकेटलाई बँचाएको हो । अमेरिकाको समयअनुसार विहान १०ः१३ बजे अन्तरिक्षमा पठाईएको रकेटलाई १० मील माथि पुग्नासाथ इन्जिन बन्द गरिएको थियो ।

अन्तरिक्षमा रकेट उडाइएको ८४ सेकेन्ड पछि रकेटबाट ड्रागन क्याप्सुललाई छुट्याइएको थियो । साथै यो क्याप्सुलमा फरक इन्जिन लगाइएको थियो ।

अन्तरिक्षतिर गईरहेको रकेटबाट ड्रागन क्याप्सुल छुट्टिएर १० सेकेन्ड टाढा गयो । त्यहाँबाट चारवटा प्यारासुटको माध्यामबाट ड्रागन फ्लोरिडा नजिक एटलान्टिक महासागर तिर गयो । र ९ः०२ मिनेटमा महासागरमा सुरक्षित रुपमा उत्रियो ।

नासाले प्राइभेट सेक्टर कम्पनीहरुलाई अन्तरिक्ष यात्रीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) लिएर जानका लागि सुरक्षित रकेट बनाउँन आदेश दिएको छ ।

साथै नासाले यो आदेश २०११ मा उद्यमी इलोन मस्कको कम्पनी स्पेस एक्सलाई २ सय ६करोड डलर र बोइंग कम्पनीलाई ४ सय २ डलरमा सन् २०१४ मा सुरक्षित अन्तरिक्ष यान बनाउनका लागि अर्डर दिएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?