नीमको रुखबाट दूधको धारो बग्न थालेपछि चमत्कार !

काठमाडौं । संसार २१ औँ शताब्दीमा चलिरहे पनि अन्धविश्वासको मायाजाल आजसम्म पनि सबैको मन मस्तिष्कमा बसि नै रहेको छ ।

भारतको झारखण्डस्थित रामगढमा एउटा यस्तै अचम्मको घटना भएको छ । जहाँ एउटा नीमको रुखबाट अचानक दूधको धारो निस्किन थालेपछि मानिसहरु भगवानको चमत्कार भनेर पूजा गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रामगढ जिल्लाको भुरकुन्डा पोडा गाउँमा एउटा शिव मन्दिर छ । मन्दिर नजिकै एउटा नीमको रुख पनि छ ।

त्यहि रुखबाट अहिले दूधको धारो बगेपछि मानिसहरु भगवानको प्रसाद भन्दै पिउन थालेका छन् । साथै रुखको फेदमा पूजा पाठ गर्न पनि शुरु गरेका छन् ।

यो घटना हेर्नकै लागि मानिसहरुको भीड लागेको छ । कोहि मानिसहरु भने नीमको रुखबाट निस्किएको दूध भरेर घर लिएर जान थालेका छन् ।

साथै स्थानीयहरु भ्गवानको प्रसाद भन्दै दूध पिएमा रोगहरु नलाग्ने बताउँदै आएका छन् । मन्दिरका पूजारीले यस्तो घटना चमत्कारी भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?