बढ्यो सुन चाँदीको मूल्य, तोलाको कति छ आज ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार कायम भइ कारोबार भएको थियो । भने आज मूल्यमा बृद्धि भइ प्रतितोला सुनको मूल्य ७५ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य ८ सय ९० रहेको थियो । भने आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी ८ सय ९५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?