यसकारण आजपनि धर्तीमा भट्किरहेका छन् अश्वत्थामा

काठमाडौं । महाभारतको कथा हामीले सुनेका र हेरेका नै छौँ । महाभारतका पात्रहरु कौरव र पाण्डवहरुको बारेमा पनि हामीलाई थाहा नै छ ।

तर गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामा आज पनि धर्तीमै भएको कुरा सायदैलाई मात्र थाहा होला । महाभारतमा धेरै योद्धाहरु पराक्रमी थिए ।

तर अश्वत्थामा एउटा मात्र त्यस्तो योद्धा थिए जसले महाभारतमा एक्लै युद्ध लड्ने क्षमता राख्थे । पुराणमा लेखिए अनुसार अश्वत्थामालाई भगवान श्री कृष्णले श्राप दिएका थिए । त्यहि कारणले पनि आज सम्म अश्वत्थामा धर्तीमै छन् ।

अश्वत्थामासँग जोडिएको एक कहानी भारतको मध्य प्रदेश स्थित बुरहानापुरबाट लगभग २० किलोमिटर टाढा सतपुण्डा पहाडमा एउटा शिवको मन्दिरसँग सम्बन्धित छ । ।

यो मन्दिरमा प्रत्येक दिन सबै भन्दा पहिला आज पनि अश्वत्थामा आएर पूजा गर्ने गरेको विश्वास गरिरन्छ । यो मन्दिरमा जब मानिसहरु विहानै पूजा गर्नको लागि जान्छन् तब त्यहाँ फूल तथा धुप बलिरहेको हुन्छ ।

अश्वत्थामा नजिकै रहेको तलाउमा नुहाएर मन्दिरमा गई पूजा गर्ने गरेको विश्वास गरिन्छ । यो मन्दिरबाट गुप्त बाटोको सहायतामा खाण्डव बनमा पुगिन्छ । यहि बाटोबाट अश्वत्थामा मन्दिरमा पूजा गर्न आउँने गरेको स्थानीयहरु बताउँछन् ।

पुराणको कथा अनुसार पिता द्रोणाचार्यको मृत्यु पछि अश्वत्थामाले दुर्याेधनको आदेशमा पाण्डवहरु मार्न आग्रह गरेका थिए । तर सुतिरहेका पाण्डवलाई त्यो ठाउँबाट परिवर्तन गरेर भगवान श्री कृष्णले पाँच पाण्डवहरुको ठाउँमा पाण्डवका छोराहरुलाई सुताईदिएका थिए । तर अश्वत्थामाले पाण्डव भन्ने ठानेर पाण्डवका छोराहरुको शिर काटेर दुर्योधनलाई देखाए ।

विहान पाँच पाण्डवहरुले आफ्ना छोराहरु अश्वत्थामाले मारेको थाहा पाएपछि पाण्डव र अश्वत्थामाको युद्ध भयो । अश्वत्थामाले ब्रह्मास्त्रको प्रयोग गरेर अर्जुन पुत्र अभिमन्युकी श्रीमती उत्तराको गर्भमा ब्रह्मास्त्र सन्धान गरिदिए ।

आफ्ना छोराहरु मारेर रिसाएका पाँच पाण्डवहरुले उनको शिरको मणि निकालेर निधारमा घाउ बनाइदिए । साथै भगवान श्रीकृष्णले अश्वत्थामालाई युगौँ-युगसम्म भट्किरहने श्राप दिएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?