कोन्टा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिईन्

काठमाडौं । ब्रिटिश स्टार महिला टेनिस खेलाडी जोहन्ना कोन्टा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् ।

मेलबर्न पार्कमा मंगलबार भएको खेलमा कोन्टा ट्युनिसियाका ओन्स जाबेउरसँग पराजित भईन् । विश्व वरियतामा १२ औं स्थानकी कोन्टालाई ७८ औं वरियताकी जाबेउरले ६-४ र ६-२ को सेटमा पराजित गरिन् ।

घुँडाको चोटको कारण पछिल्लो समय कोर्ट बाहिर रहदै आएकी कोन्टाको यो पछिल्लो पाँच महिना भित्र दोस्रो खेल हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?