निर्वाचन सफल भएको भन्दै अमेरिकी दूतावासले गर्ने भयो सांगीतिक कार्यक्रम

काठमाडौँ, १० माघ – स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ कार्यक्रमका विषयमा जानकारी दिन आज दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना शाखा संयोजक अपार पौडेलले हिपहप कलाकार आइशा फुकुशिमालाई दोस्रोपटक नेपालमा आमन्त्रण गरिएको बताउनुभयो नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि फुकुशिमाले ‘¥याप्टिभिज्म’ अर्थात् ¥याप गतिविधिमा केन्द्रित कार्यशाला गोष्ठी तथा प्रस्तुति सञ्चालन गर्ने उहाँले सुनाउनुभयो । यस अवसरमा फुकुशिमाले काठमाडौँ र नेपालगञ्जमा सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ हिपहप कलाका माध्यमबाट अमेरिकामा सामाजिक तथा राजनीतिक परिवर्तनलाई प्रोत्साहित गरेको इतिहास छ । हिपहप कला नेपाली युवामाझ पनि लोकप्रिय बन्दै गएको छ । अल्पसंख्यक समुदायलाई समावेशीकरणका लागि पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ माघ १२ गते शुक्रबार नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय र १३ गते शनिबार ललितपुरको जावलाखेल फुटबल मैदानमा कार्यक्रम गरिनेछ । कार्यक्रममा कलाकार फुकुशिमाको ब्याण्ड, दीपक बज्राचार्य तथा रिदम ब्याण्ड, नर्तक समूह र नेपाल हिपहप फाउन्डेशनले कार्यक्रमको प्रस्तुति गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?