एकदिवसीय वरियतामा नेपाल यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले सोमबार सार्वजनीक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा रहेको छ । यसअघि समेत नेपाल सोही स्थानमा रहेको थियो । १९ रेटिङ पाएको नेपाल अहिलेसम्मकै खराब वरियतामा रहेकॊ छ ।

एक दिवसीयतर्फ सर्वाधिक उच्च वरियता १४ औ स्थान हो । एक दिवसीयमा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ । यस्तै, टी–ट्वान्टी वरियतामा समेत नेपाल यथावत छ ।

टी–ट्वान्टीतर्फ नेपाल १२ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?