ब्राजिलीयन स्टार रिनियर जिसस रियल मड्रिडमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलीयन युवा स्टार रिनियर जिससलाई क्लबमा अनुबन्धन गरेको छ ।

रियलले १८ बर्षका युवा स्टार जिससलाई २६ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो । जिससले रियलसँग ६ बर्षको सम्झौता गरेका छन् । उनले गत बर्षमात्र सिनियर स्तरको प्रतियोगितामा फ्लामेन्गोबाट डेब्यु गरेका थिए ।

जिसस सन् २०१८ मा दुबईमा भएको यू-१६ विश्वकपका सर्वाधिक गोलकर्ता थिए ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?