मारिया सारापोभा पहिलो खेलमै पराजित

काठमाडौं । मारिया सारापोभा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन् ।

मेलबर्न पार्कमा मंगलबार भएको खेलमा क्रोएसियाका डोना भिकिचसँग पराजित हुँदै सारापोभा प्रतियोगिताबाट बाहिरिएकी हुन् । विश्व वरियतामा १९ औं स्थानकी डोनाले सारापोभालाई ६-३ र ६-४ को सेटमा पराजित गरिन् ।

सारापोभालाई हराएसँगै डोना अष्ट्रेलियन ओपनको दोस्रो चरणमा पुगेकी छिन् । सारापोभाले सन् २००८ मा अष्ट्रेलियन ओपन जितेकी थिईन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?