एन आई सी एशियाको उत्साहजनक दोस्रो त्रैमास: ३६ प्रतिशत मुनाफा वृद्धि

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू  आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासकोअपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसुचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ । बैंकले चालू  आवको यस अवधिमा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ कराेड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी खुद नाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत ( ५० करोड) को वृद्धि सहित २ अर्ब १ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकका अनुसार गत वर्षको सोहीअवधीको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।

यसका साथै चालू आ.व.को दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १८६ अर्ब पुर्याउन सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा लगानी गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रुपले पालना गरेको बैंकले जनाएको छ ।

विविधिकरणकै रणनीति अनुसार बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जसलाई बैंकिङ्ग क्षेत्रको उत्कृष्टमानिने बैंकले जनाएको छ ।एन आइ सी एशिया निक्षेपतर्फ पनि विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कुल निक्षेप हाल कुल निक्षेपको ९ दशमलव ४ प्रतिशत रहेको छ, जून अनुपातलाइ बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक मानिने गरिएको छ ।

बैंकका अनुसार चालु आ. व.को ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ ।निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ,जसलाई बैंकिङ्गक्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैंकका चल्ती तथा वचत निक्षेप (CASA) हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जसबाट ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५ दशमलव १ प्रतिशत पु-याउन सफल भएको बैंकले जनाएको छ ।त्यस्तै बैंकका अनुसार प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट
रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?