कार्टुन क्रुजका सरोज आश्मा र वर्षा राउतको ‘डलर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।  पछिल्लो समयमा धेरै चर्चामा रहेका र्यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन, वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ।

गायक आर्जनले यो भन्दा अगाडि घाँटी भन्दा तल त राम्रै हो बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए । साथै उनी यो गीतबाट चर्चा र विवादमा तानिएका थिए। यो गीतमा भने उनको तारिफ भएको छ।

चर्चित कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । साथै गीतलाई इन्टेन्स्ड इल्डले सम्पादन गरेका छन् ।

मनोज बस्नेतको निर्माणमा बनेको डलर गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?