२२ जेष्ठ २०८०, सोमवार

गोर्खाल्यान्ड आन्दोलन: विमल भर्सेज विनय

२०७४,भाद्र,३१,शनिवार ००:३६

0
Shares

काठमाडौँ, ३१ भदौ- दार्जिलिङमा विकसित पछिल्लो घटनाक्रमले गोर्खाल्यान्ड आन्दोलनको भविष्यमै प्रश्न उठेको छ । आन्दोलनको अगुवा दल गोर्खा जनमुक्ति मोर्चाका सुप्रिमो विमल गुरुङ र उनका ‘राइट हयान्ड’ मानिने सहसचिव विनय तामाङबीच मतभेद तीव्र भएपछि आन्दोलन अन्योलपूर्ण बनेको कान्तिपुरमा खबर छ ।मिलेर अघि बढ्ने बेला नेताहरूबीच अन्तरकलहले आन्दोलनलाई घाटा पुगेको बौद्धिक समुदायको भनाइ छ । ‘मोर्चा नेतृत्वबीच अन्तरकलह सुरु भएको छ । यो सिंगो गोर्खाल्यान्ड आन्दोलनका लागि घातक हुनेछ,’ भारतीय गोर्खा परिसंघका अध्यक्ष सुखमान मोक्तान भन्छन्, ‘अन्तरकलह छाडेर गोर्खाल्यान्डका लागि सबै एक हुनुको विकल्प छैन ।’आन्दोलन चर्किएयता गोजमुमो अध्यक्ष गुरुङ अर्धभूमिगतजस्तै छन् । मदन तामाङ हत्या काण्डलगायत दर्जनभन्दा बढी मुद्दा खेपिरहेका उनलाई राज्यसरकार प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्छ । त्यही कारण तीन महिनादेखि चलेको आन्दोलनको मोर्चामा उनी देखिएका छैनन् ।गुरुङको अनुपस्थितिको फाइदा विनय तामाङले उठाए । भलै उनको टाउकोमा पनि हत्या, अपहरणलगायत दर्जन मुद्दा छन् । तर, ती सबै मुद्दालाई बिर्सिएर बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले विमलको विकल्पका रूपमा विनयलाई अंकमाल गरिन् । विनयलाई राज्यसरकारले खरिद गरेको आरोप पनि छ । तर, विनयले राज्यसरकारबाट कति पैसा लिए भन्ने आधिकारिकता खुलेको छैन ।गत अगस्ट २९ मा कोलकाताको नवान्न बैठकमा तामाङ मोर्चाका हैसियतमा सहभागी बने । बंगालकी मुख्यमन्त्री बेनर्जीको रणनीति के देखिन्छ भने तामाङलाई काखी च्यापेर विमललाई ‘बाइपास’ गर्न सक्दा आन्दोलन तुहाउन सहज हुनेछ । बेनर्जीकै योजना मुताविक तामाङ परिचालित भएको आरोप सर्वसाधारणको छ । तामाङलाई खरसाङका सभासद अनित थापालगायत केही नेताको साथ छ ।  

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ००:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१