सभामुख पदको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिने छ ।

माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने छ । संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि सभामुख पद रिक्त रहेका कारण एक महिना सम्म संसद बैठक प्रभावित हुदै आएको थियो ।

असोज १४ गते कृष्ण बहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहदै आएको थियो ।

सोमबार उपभासभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुखको निर्वाचनका लागि बाटो खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?