आफ्नै विवाहमा दुलहा बन्नबाट चुके एक सैनिक

काठमाडौं । देशका नागरिकहरु सुरक्षित रहन सकुन्, त्यसैले सेनाका जवानहरु आफ्नो ड्युटि गर्छन् । उनीहरु जाडो,गर्मी, वर्षा कुनैपनि अवस्थामा सुरक्षाको लागि तत्पर रहन्छन् ।

उनीहरुका लागि आफ्नो कर्तव्य पारिवारिक जिम्मेवारी भन्दा धेरै निष्ठावान हुने गर्छ । यस्तै एउटा घटना भारतको कश्मीरस्थित मन्डी जिल्लामा देखिएको छ ।

त्यहाँका एक सैनिक भारी हिमपात र बर्फ जमेका कारण आफ्नै विवाहमा जान पाएनन् । सुनिल नाम गरेका ति सैनिक १६ जनवरीका दिन विवाहका लागि घर जाँदै थिए । तर कश्मिरमा बाटैभरि वर्फ जम्यो र उनी समयमा आफ्नो घर विवाहका लागि जान पाएनन् ।

उनले उनीजस्तै फसेका मानिसहरुलाई कास्मिरबाट उद्धार गरे । घरपरिवार दुलहाको पर्खाइमा बसिरहे तर उनी भनेको दिन घरमा पुग्न सकेनन् ।

दुबै पक्षको सहमतिमा उनीहरुले विवाहको मिति सारेको सुनिलका भाई विक्कीले भारतीय सञ्चारमाध्यामलाई जानकारी दिएका छन् ।

साथै सुनिलले आफ्नो विवाहमा भन्दा वर्फ जमेको ठाउँमा फसेका मानिसहरुलाई सहयोग गरेर बहादुरी देखाएको भन्दै सेनाले उनलाई सलाम सहितको ट्विट गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?