च्यासल विरुद्ध आर्मीको शानदार जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि शानदार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासललाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा कप्तान भरत खवास,नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।

जितसँगै आर्मीले लिगमा ३ अंकको अग्रता बनाएको छ । आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबको ७ खेलमा १३ अंक रहेको छ ।

लिगमा च्यासलको यो तेस्रो हार हो । च्यासलले ७ खेलमा ६ अंक जोड्दै लिगको १२ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?