शरीर घटाउन जिमसँगै जुम्बा डान्स : शरीरमा यी परिवर्तन देखिए रोक्नुहोस् !

काठमाडौं – आकर्षक शरीर कसलाई मन नपर्ला र ?  तर सबैले चाहेअनुरुपको शरीर बनाउन सकेका हुँदैनन् । त्यसो त व्यायामपछि के खाने के नखाने भन्ने कुरा तपाईले थाहा नपाएका कारण तपाईको शरीर नघटेको हुनसक्छ ।

खासगरी व्यायाम पछि कार्बोहाइड्रेट, कम मात्रामा प्रोटिन र स्वस्थकर बोसो खान सकिन्छ ।

दूध, फलफूल, अन्डाको सेतो भाग, चना, प्रशस्त पानी, दाल , झोलिलो कुरा खान सकिन्छ । यो नबिर्सनुहोस् कि व्यायाम र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ रहन्छ ।

बाहिरको ड्राइफुड, जंकफुड, मसलेदार खाना खानुहुँदैन ।

स्वस्थ खाना, समयमा खानु, नियमित ब्यायाम, सन्तुलित खानामा विशेष जोड दिनुपर्छ ।

धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु पनि स्वास्थ्यको लागि सहि हुँदैन । यदि तपाई दिनभरी बसेर गरिरहने काम गर्नुभएको छ भने स्वस्थ्य शरीरको लागि तपाई व्यायाम जानुहोस् । धेरैे जिमसँगै जुम्बा क्लास पनि लिने गरेका छन् । यसको कारण छ । किनभने जिम र जुम्बा साथसाथ गर्दा पनि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा लिन सक्छन् ।

मुटुको स्वास्थ्य सुधार

राम्रो निन्द्रा आउने

शारीरिक उर्जा बढ्ने

आकर्षक शरीर

आत्मविश्वास बढाउँने जस्ता फाईदा पाउन सक्नुहुन्छ ।

 

धेरै व्यायाम गर्नुका बेफाइदा पनि छन् है ?

 

महिलाहरुमा महिनावारी गडबढ हुनसक्छ ।

पुरुषहरुमा शुक्रकिट उत्पादनमा  कमी आउन हुनसक्छ ।

जोर्नीहरुमा बल पुगि लिगामेन्टमा क्षति हुन सक्छ ।

मुटुमा बढी प्रेसर परेको महशुस हुन सक्छ ।

 

नियमित जिम गर्ने व्यक्तिको शरीरका कोषहरुसामान्य मानिसको भन्दा सक्रिय हुन्छन् । त्यसैले शरीरले प्राप्त गरेको पौष्टिक तत्व ति कोषले सोस्ने गर्छन्। त्यसैले जिम छोडेपछि पनि खानपान उहि राख्नुभयो भने तपाईको तौल बढ्छ ।

जिम जानुभन्दा पहिला र फर्केपछि के खाने  ?
सुगठित, देख्दै लोभलाग्दो शरीर आफ्नो होस् वा आफ्नो ‘खास मान्छेको’ होस् भन्ने चाहना सबैमा हुन्छ । तर दुर्भाग्य, अस्वस्थकर खानपान, आहारव्यहारको असन्तुलित तालिका, अस्वस्थ हावा व्यस्त जीवनशैली आदी कारणले त्यस्तो शरीर कमैको हुन्छ । तर प्रविधीको यो जमानामा तपाई बजारमा आएका प्रविधीबाट आफ्नो शरीर आकर्षक किन नबनाउने ?
त्यसैले जिम जानुहोस् । आजबाट । भोली भनेर साँच्नुभयो भने त बर्बाद हुन्छ । किनकी भोली कहिल्यै आउँदैन । तर जिम जानुअघि र फर्केपछि के खाने भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ। हामीले केहि टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।

व्यायाम गर्नुभन्दा ठीक अगाडि केहि पनि नखानुहोस् । किनकी पेट अटसमटस भयोभने तपाईलाई ब्यायाममा निकै सकस हुन्छ । अल्छी बनाउँछ । तर जिम जानुभन्दा १ घण्टाअगाडि केहि हलुका खानेकुरा खानु उत्तम हुन्छ। एभोगार्डो, फलफूल पनि खान सक्नुहुन्छ ।

-एक बोतल सफा पानी लिएर जानुहोस्

-स्ट्रेचिङ खालका कपडा लिएर वा लगाएर जानुहोस्

-पसिना पुच्छ्न तौलिया नछुटाउनुहोस् ।

-कम्मर बेल्ट बाँध्दा सहज हुन्छ भने बाँध्नुहोस्

-एकैपटक गा-हो कसरत नगर्नुहोस् । विस्तारै हलुका एक्सरसाईज गरेर मात्रै सुरु गर्नुहोस् ।

-नआत्तिनुहोस् । हिजोको आजै तपाईको शरिरमा वजन घटी शरीर सुगठित र आकर्षक देखिँदैन । धैर्यवान बन्नुहोस्
स्मरण रहोस् कम्तिमा पनि निरन्तर एक्सरसाईज गर्न थालेको तेस्रो महिनासम्म शरीर उस्तै रहन सक्छ ।

-डाईट प्लान बनाउनुहोस् र पालना गर्नुहोस् ।

-जिम गएर फर्केपछि पसिना भएको शरीर फ्रेस बनाउनुहोस् । नुहाउनुहोस् ।

-केही खानेकुरा लिनुहोस् सबैभन्दा राम्रो खानेकुरा उमारेका गेडागुडी र अन्डा हुन्छ । यसका साथै सागपात र फलफूल खानुहोस् ।

-व्यायाम गर्दा तन्किएका मांशपेसी र तन्तूहरूको मर्मत गर्न अनि पसिनाबाट बाहिर निस्किएको तरल पदार्थलाई पुनःप्राप्त गर्न जिमबाट आएको आधा घण्टापछि र २ घण्टाभित्रमा केहि खाइहाल्नुपर्दछ।

-फेरि कार्बोहाइड्रेट खानुहोस्, जसले शरीरबाट गुमेको ऊर्जालाई फिर्ता ल्याउँदछ। धनियाँ नछुटाउनुहोस्, यसले शरीरभित्रका प्रणालीहरूमा जम्मा भएका विषाक्तहरूलाई सफा गर्दछ।

-प्रोटिनको लागि ब्रोकाउली र माछा खानुहोस्।

-रसिलो फलफूल र दही खानुहोस्।

 

दैनिक २० मिनेट शारीरिक ब्यायाम गर्ने मानिसमा रुघा खोकीको संक्रमण कम हुने एक अध्ययनले देखाएको छ । त्यस्तै नियमित व्यायाम गर्ने महिलाको शरीर स्वस्थ्य हुनुका साथै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ ।

समय कुन ? 
विहान व्यायाम गर्न रुचाउनेहरू भन्छन् साँझमा व्यायाम गर्नु राम्रो हुँदैन । साँझमा व्यायाम गर्नेहरू भन्छन्, विहानमा व्यायाम गर्नुहुँदैन भन्छन्। तर साँच्ची नै व्यायाम गर्ने उचित समय तपाईलाई जुन पायक पर्छ त्यहि नै हो । अमेरिकी शारीरिक व्यायाम विशेषज्ञ, पिएचडी सेड्रिक ब्रायण्ट भन्छन्, “तर, विहानको बेला शरीरको तापक्रम सामान्यभन्दा कम नै हुन्छ र यदि विहान व्यायाम गर्ने हो भने अलि बढि समय लगाएर शरीरलाई तताउनुपर्छ।” तर याद राख्नुहोस् विहानको होस् या बेलुकाको, खाना खानेबित्तीकै कहिल्यै व्यायाम गर्ने भूल नगर्नुहोस्। खाना खाएको कम्तीमा पनि ९० मिनेटपछि मात्रै व्यायाम गर्नुपर्दछ।

 

सक्दिन जस्तो लागे रोक्नुहोस्
व्यायाम गरेर स्वस्थ्य तन्दुरुस्त हुनु राम्रो हो, तर व्यायामको नाममा भारी कसरत गर्नु पनि हानिकारक हुन्छ। आफ्नो शरीरले थेग्नेहरी मात्रै व्यायाम गर्नुपर्छ । आफूलाई सक्दिन जस्तो लाग्न थाल्यो भने एकछिन आराम गर्नुपर्दछ। जबरजस्ती गर्नु मूर्खता हुन जान्छ। नियमित व्यायामले मोटोपनाको समस्यालाई टाढा राख्दछ, तर फेरि व्यायाम गर्दा मोटो व्यक्तिलाई नै बढि खतरा हुने गर्छ। यसमा पनि होसीयारी अपनाउनुपर्छ ।

 

मुटु दुख्न थाल्यो भने पनि व्यायाम रोक्नुहोस् : कतिपयलाई व्यायामले पनि हृदयघातको खतरा निम्त्याउन सक्दछ। कसरतको समयमा मुटु दुख्नेलगायत रिँगटा लाग्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने र अधिक पसिना आउने लक्षण देखिन थाल्यो भने चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ।

 

रिँगटा  : यदि व्यायाम गरिरहँदा रिाँगटा लागेर समस्या देखिए तत्कालै छोड्नुपर्छ ।  व्यायाम गर्नुभन्दा अगाडि केहि खानुभएन अथवा पिउनुभएन भने, वा अत्याधिक कसरत गर्नुभयो भने पनि रिँगटा लाग्न सक्छ। होसीयारी अपनाउनुहोस् ।

 

मांशपेशी बाँउडिने तथा लिगामेन्ट फ्याक्चर  : मांशपेसी बाउँडिनुको मतलब तपाईँको शरीरले पर्याप्त ऊर्जा पाइरहेको छैन भन्ने बुझाउँछ। तर व्यायाम गर्दा गर्दै विशेष गरी खुट्टाको मांशपेसी बाउँडियो भने चाहिँ त्यसले खुट्टाको रक्तनसामा पर्याप्त रगत सञ्चार भएको छैन भन्ने बुझाउँछ।

 

रक्तचाप कम बढी भएमा

महिनावारी रोकिने तथा गडबढ भएमा

तर यी कुराहरु चिकित्सकसँग आवश्यक सल्लाह गरी आफ्नो अभ्यासको समय कम वा बढी गरी रोक्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?