विवाहको खर्च उठाउन यी दुलहीले विवाहमा आएका प्रत्येकसँग उठाइन् ५० डलर

काठमाडौं । विवाह अधिकांश मानिसको सपना हुन्छ । त्यसैले यो अवसरमा मानिसहरु आफ्ना नातेदार,छरछिमेक र साथीभाईहरु बोलाउँने गर्छन् । तर अमेरिकामा भएको एक विवाहमा एउटा अनौठो कुरा देखिएको छ ।

अमेरिकामा विवाह गर्न लागेका जोडीमध्ये दुलहीले उपस्थित हुन चाहानेहरु प्रवेश गर्नको लागि फि तिर्नुपर्ने नियम राखेकी छन् ।

यसो गर्दा अतिथिहरुलनई भीआईपी ट्रिटमेन्ट मिल्ने र उनीहरुलाई कुनै पनि समस्या नआउँने बताएकी छिन् । तर युवतीको यो तरिकालाई मानिसहरुले मजाकमा उडाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार एक २६ वर्षीय युवतीले आफ्नो विवाहमा आएका नातेदारहरुलाई ५० डलरको टिकट काटेर मात्र विवाहमा प्रवेश गर्न पाउँने नियम राखेकी हुन् ।

फि उठाउँदा विशिष्ट अतिथिहरुको सूची बन्ने र कुनै पनि बेला लाइनमा बस्नुनपर्ने भएर यो तरिका अपनाएको उनले तर्क गरेकी छन् ।

साथै उनले यो तरिका अपनाउँदा विवाहमा लागेको खर्च पनि उठ्ने तर्क गरेकी छन् । तर दुलहीकी बहिनी भन्ने यस कुराबाट रुष्ट छिन् ।

१९ वर्षीया वहिनी डेन्टी सीपले फि राखेकै कारण दिदिको विवाहमा उपस्थित भइनन् । किनभने यो तरिका उनलाई नातेदारहरुको अपमान लाग्यो ।

यो पोस्टमा मानिसहरुले विवाहको खर्च उठाउँन नसक्ने भए विवाह गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?