ब्रह्माजीले नारीको रचना यसरी गरेका थिए !

काठमाडौं । ब्रह्माजीले पुरुषको रचना गरिसकेपछि सोच बिचार गर्दा ती पुरुषबाट मात्र सृष्टि क्रम बढ्दै जाने देख्नुभएन र भोग विलास आनन्द लिँदैमा नै सृष्टि बढेर जाने गर्न पाएमात्र प्रजाको वृद्धि दिगो होला भन्ने विचारले नारीको रचना गर्ने विचारमा लाग्नुभएको थियो । रचना गर्ने जो जति सामान हो त्यो सबै पुरुषको रचना गर्दैमा समाप्त भइसकेको थियो । ठोस पदार्थ केहि बाँकी थिएन । यो देखेर ब्रह्माजी बडो चक्करमा पर्नुभयो । अब के गरु भन्ने यहि विचारमा रहनुभएको थियो । धेरै सोच विचार गरेर नारीको रचना गर्न थाल्नुभयो ।

राम्रो बाटुली (गोलाई) चन्द्रमाबाट लिनुभयो । आधारमा लपेटिएर जाने गुण लहरहरुबाट लिनुभयो । घुमाउको गुण नयाँ मसिना हांगाबाट लिनुभयो, कंपन(हल्लने) गुण दूवादल(दूवाको थान) बाट लिनुभयो, यस्तै नरकुलबाट क्षीणता, फूलबाट झुल्नु , पातहरुबाट ताजगी(ताजा देखिनु), हात्तीको सुडबाट सुलुक्क परेको आकार, मृगिनीबाट दृष्टि, मधुमखि(मौरी)बाट टासिने गुण लिनुभयो । सूर्यका किरणबाट प्रसन्नता, क्रीडा लिनुभयो, मेघबाट रुदन लिनुभयो । वायुवाट चन्चलता, खरायोदेखी भयातुरता, मयूरबाट घमण्ड, कमलफूलबाट नरमता, वज्रबाट कठोरता, महदेखी मधुरता, सिंहदेखी क्रुरता, अन्निदेखी ताप, हिमदेखी शितलता, सुगाबाट अनवरत बोलीरहने गुण लिनुभयो । कोईलीबाट मधुरवाणी, कागबाट बोलीको शब्द, शारसबाट बफादारी, लज्जावती झारबाट लज्लालुता लिनुभयो र यी सवै अमूर्त भावनाको समन्वय गरेर नारीको रचना गर्नुभयो, अनि ती नारी पुरुषलाई सुम्पिदिनुभयो ।

यसकारण जुन जुनबाट जे-जे भावना लिनुभएको थियो, ती गुणहरु नारी सबैमा विद्यमान छन् । ठिक ठिक मात्रा मिलेका प्राय कमै हुने र मात्रामा न्यूनाधिक हुन जाँदा गुणमा पनि घटीबढी भई कुनै राक्षसी भावनाका र कुनै दैवी भावनाका भए, जो विश्वमा दृष्टि गोचर छन् ।
ती नारी पुरुषबाट मनुष्यको सिर्जना क्रम बढ्दै जादा अहिले विशाल रुपमा परिणत हुन आएको छ । पुरुषकी अर्धाङगिनी भएकीले ती दुईको समान हक भएता पनि पुरुषसरह कार्यविकास क्षेत्रमा अग्रसर नभइ केवल गृहकार्यमा मात्र अग्रसर थिए । गृहकार्य सबै उनैमा निर्भर रहेको थियो ।

कारण उनिहरुका भीरुता, लज्जालुता, शरिरको कोमलता आदी गुण बढी मात्रमा हुने र मासिक धर्म (रजोवती) को समयमा कुनै चिज स्पर्श नगरी पातमा खाने, जमीनमा शयन गर्ने ईत्यादि कडा नियम धर्मशास्त्रले बताएको छ । रजो हुँदा त्यमा हरेक घातक किटाणु हुन्छन्, तिनले स्पर्श गर्दा ती किटाणु सरेर हरेक रोग पैला हुन्छन् भन्ने वैज्ञानिक डाक्टरहरुले पनि सिद्ध गरेका र फले फुलेका फलफूलका वोटहरु रजोवती नारीले छोईदिए भने वोटको रङ्गपनि अर्कै भएर फलहरु झर्न थाल्दछन् ।
त्यस्तो देखिएपछि वेद मन्त्रले मन्त्रिएको कलशको अथवा रुद्राभिषेक(रुद्रीमा जलधारा दिएको) जलले शेचन गर्ने चलन पनि छ । यो जानिएकै कुरा हो,प्रसूति अवस्थामा पनि कमजोरी र बाल बच्चाको परिपालन ईत्यादि कारणले र नारीको मुख्य धर्म सत्यमा रहेर पतिव्रत धर्मको पालन गर्नु हो । परपुरुषको मुक दर्शन, शहवास अनि स्पर्शले मात्र पनि पतिव्रत धर्ममा हनन् भएको सम्झन्थे, यसैले बाहिरी कार्यक्षेत्रमा अग्रसर हुन नारीहरु चाहन्दैनथे ।

अहिले काल समयको परिवर्तनले नवीन आविश्कार औषधी उपचार, परिवार नियोजन ईत्यादिले गर्दा नारीवर्गले पनि वाह्य कार्यभार लिएर विकाश क्षेत्रमा भाग लिई खडा हुन थालेका छन् । ती नारी वर्गको अंग प्रत्यङ्गहरुको शुभाशुभ लक्षणको ज्ञान हुनु पनि लाभदयाक छ । यो ज्ञान भएका विवाहका समयमा र व्यवहारीक जीवनमा सहायता मिल्न जानेछ ।

ज्योतिषशास्त्र फलित खण्डमा जातक शास्त्रकारहरुले पुरुषको ग्रहफल, योग फल, दशाफल सबै लेखिसकेपछि नारी समाजलाई चाहिने जति ग्रह कुण्डलीको फल लेखिएको “स्त्रीजातकध्याय” भनि रहन गएको सवै शास्त्रहरुमा देखिन्छ । अघिका ऋषिमुनिले पनि नारीवर्गलाई समान हकमा ध्यान दिएका रहेछन्, भन्ने यसबाट स्पष्ट देखिन्छ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?