काठमाडौं । त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सोमबार भएको समूह चरणको दोस्रो खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी समूह ए को विजेता बनेको हो ।
समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्मीले नयाँ बजारलाई २५-१०, २५-१८ र २५-१९ ले पराजित गर्यो । जितसँगै समूह विजेता बन्ने क्रममा आर्मीले २ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा आर्मीले आरजी ग्रुपलाई हराएको थियो ।
आर्मीसँग पराजित नयाँ बजार उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ । नयाँ बजारले २ खेलमा ३ अंक जोड्यो । नयाँ बजारले पहिलो खेलमा आरजीलाई नै हराएको थियो । दुई खेलमा हार व्यहोरेको आरजी भने बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया